Sajhamanch Archive

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, :१८ दिनमा १२ पटक पहिरो

Published: (Updated: ) in समाज by .

कालिकोट । आइतबारदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

कर्णाली राजमार्गअन्तर्गतको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

अवरुद्ध राजमार्ग खुलाउन पहिरो गएको ठाउँमा डोजर पुगे पनि वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको ट्राफिक प्रहरी कार्यालय कालिकोटका प्रमुख नन्दराम जैशीले बताए।

‘पहिरो पन्छाउन त्यसतर्फ डोजर पठाइएको छ,’ उनले भने, ‘वर्षाका कारण पहिरो पन्छाउन केही समय लाग्ने भएको छ।

१८ दिनमा १२ पटक पहिरो :

कर्णाली राजमार्गअन्र्तगतको गगनेखोलामा असारको १८ दिनमध्ये १२ पटक पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ।

पानी पर्ना साथ गगनेखोलामा पहिरो जाने भएकाले १८ दिनमध्ये १२ दिन राजमार्ग अवरुद्ध भएको ट्राफिक प्रमुख जैशीले बताए।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेत, नेपालगंजबाट कालिकोट जुम्ला र मुगुका लागि आएका यात्रु अलपत्र परेका छन्। यस्तै, कालिकोटबाट मुगु र जुम्लाबाट सुर्खेत नेपालगंजका लागि हिँडेका यात्रु पनि बीच बाटोमै अलपत्र परेका छन्।थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *