Sajhamanch Archive

चलचित्र विकास बोर्डले आफ्नो १८ औ बाषिर्कोत्सव : चलचित्र नीति बोर्डका कार्ययोजना प्रस्तुत

Published: (Updated: ) in टिप्स/जानकारी by .

चलचित्र विकास बोर्डले आफ्नो १८ औ बाषिर्कोत्सव भव्य रुपमा मनाएको छ । बोर्डले आफ्नो बाषिर्कोत्सवको अवसरमा भावी कार्य योजना पनि प्रस्तुत गरेको थियो ।

नेपाली चलचित्र क्षेत्रको बृहत्तर हितका लागि बक्स अफिस प्रणालीलाई आर्थिक बर्ष २०७५/७६ भित्रै लागु गरी सक्नेे लक्ष्य विकास बोर्डको छ । यही अर्थिक बर्ष भित्र नै राष्ट्रिय चलचित्र विकास नीति लागू गर्ने तयारी समेत बोर्डको छ ।

नेपालको पहिलो चलचित्र ‘आमा’ र पहिलो रंगिन चलचित्र ‘कुमारी’लाई डिजिटलाइजेसन गरेसँगै पुनः प्रदर्शन गर्ने र तत्कालिन शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएका १६ वटा चलचित्रहरुलाई चलचित्र महोत्सवद्धारा प्रदर्शन गर्ने योजना बोर्डको छ ।

कार्यक्रममा २ वटा नेपाली चलचित्रलाई विशेष चलचित्रको रुपमा पुरस्कृत पनि गरिएको थियो । शिवम् अधिकारी निर्देशित ‘पंचायत’ र घनश्याम लामिछानेद्धारा निर्देशित ‘अग्नी दहन’ पुरस्कृत भएका थिए । यी दुबै चलचित्रले विदेश प्रदर्शनका लागि सवटाइटलिङ गर्न २ लाख रुपैया पाउनेछन् ।

चलचित्र विकास बोर्डमा अहिले प्रथम महिला अध्यक्षका रुपमा निकिता पौडेल छिन् । चलचित्र सम्बन्धी नै अध्यन गरी बोर्ड अध्यक्ष बन्न सफल भएकी पौडेल चलचित्र क्षेत्र र चलचित्रकर्मीहरुको पक्षमा प्रतिबद्ध भएर लागिपर्ने बताउँछिन् ।

उनले बोर्डले अगाडि सारेका कामहरु यो आर्थिक बर्षभित्र नै सक्ने योजना रहेको बताएकी थिइन् ।अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *