Sajhamanch Archive

कनकाई नदिमा झोलुङ्गे पुल निर्माणको तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नंं ७ स्थित कनकाई नदिमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । वडा नं. ७ लालपानी स्थानीय बासीलाई नगरपालिका र अन्य वडाहरुमा आतव जावत गर्न सहज होस भन्ने उद्देश्यले झोलुङ्गेपुल निर्माण गर्न लागिएको हो । झोलुङ्गे पुल निर्माणका लागी सोयल टेस्टको काम सुरु भएको छ ।

वडा नम्बर ७ को कार्यालय र झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एबम् संघिय सांसद एलपी सावां लिम्बुको पहलमा भौतिक पुर्वाधार बिकास मन्त्रालयबाट सोयल टेस्ट र डिपिआरको लागी २० लाख रुपैया आएसँगै झोलुङ्गे पुलको निर्माणको लागी कार्य अघि बढाईएको हो ।

सोयल टेस्टको जिम्मा पाएको एसिया फाउण्डेसनले गत भाद्र १७ गतेदेखि काम सुरु गरेको थियो । अवको केही दिनभित्र सोयल टेस्टको काम सम्पन्न हुने भएको छ ।

बर्षौदेखि नदी वारपारमा समस्या भोग्दै आईरहेका स्थानियहरुमा झोलुङ्गे पुल निर्माण हुने भएपछी स्थानियहरु हर्षित देखिन्छन् । स्थानिय रमेश ढकालले भने नदीमा पुल नहुँदा वडा नम्बर ७ का वडा बासीहरु चन्द्रडाँगीस्थित आफ्नै वडा कार्यालयसम्म जान पनि सहज छैन ।

यसअघि, नदीमा वारपार गर्न स्थानियहरुलाई सहज होस् भनेर वडा कार्यालयले हिउँदभर अस्थायी प्रकृतिको बाँसद्धारा निर्मित भाटे पुल निर्माण गर्दै आईरहेको थियो । सोयल टेस्टको काम सम्पन्न भए लगतै डिपिआरको काम सुरु गरिने जनाइएको छ ।

बर्षौदेदेखि पुल अभावका कारण समस्या झेल्दै आएका स्थानियहरु झोलुङ्गेपुल निर्माण कार्य समयमा नै सम्पन्न हुनेमा बिश्वस्त छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *