वैदिक बचत तथा ऋण सहकारीको साधारणसभा, पूर्व कर्मचारीसहित चार जना सम्मानित
Published:
by .भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारण सभाको अवसर पारेर पूर्व कर्मचारी सहित ४ जनालाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा सहकारी निरीक्षक वशिष्ठ अधिकारीको प्रमुख आतिथ्यमा चन्द्रगढी स्थित विपि चौकमा रहेको दुर्गा पञ्चायन मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा पूर्व व्यवस्थापक मञ्जु खतिवडा अधिकारी सहित उत्कृष्ट बचत कर्ता अरूणा शर्मा तथा असल ऋण कारोवारी सदस्य मदन खतिवडा र उत्कृष्ट सञ्चालक प्रकाश निरौलालाई सम्मान गरिएको हो ।
पुरूष १९६, महिला १२३ र अन्य ३ जना गरी ३२२ जना शेयर सदस्य रहेको संस्थाले गएको आर्थिक वर्षमा २ करोड ६१ लाख २७ हजार ८ सय ६३ रूपैयाको कारोवार गरेको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बस्नेतले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सहित वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कोषध्यक्ष डिल्लीराम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २ लाख ३१ हजार ४ सय ९१ रूपैया खुद नाफा सहितको आय व्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा मुरारी न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वषर्मा संस्थाले वित्तीय कारोबार नियमानुसार गरेको विवरण सहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विदुर ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर १० का अध्यक्ष टेकबहादुर खड्का काजी, सामाजिक व्यक्तित्व मञ्जु पोखरेल, हनुमान टोल विकासका अध्यक्ष खड्गबहादुर बुढाथोकी, चन्द्रगढी सेवा समाजका अध्यक्ष कमलप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Comments