नव सूर्योदय युवा समूहको प्रथम वार्षिक साधारणसभा
Published:
by .बुद्धशान्ति । नव सूर्योदय युवा समूह बुद्धशान्तिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दीर्घराज ओझाको अध्यक्षता, वीपी उपकार कोषका अध्यक्ष पदम बहादुर थापाको प्रमुख आतिथ्यता तथा पावन भूमी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नरेन्द्र कुमार भट्टराई, समाजसेवी शरद कुमार मगर, कृष्ण कुमार ओझा, सोमनाथ भट्टराई लगायतको आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा हाजिरी जवाफ कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा सुनिल भट्टराईको नेतृत्वको टोली प्रथम, उत्सव कट्टेलको नेतृत्वको टोली द्वितीय र वर्षा लिम्बुको नेतृत्वको टोली तीतृय भएका थिए । विजेता टोलीहरुलाई कार्यक्रममा सभापति र प्रमुख अतिथिबाट पुरस्कार र अबिर लगाएर सम्मान गरिएको थियो ।
केहि वर्ष अघि सामाजिक कार्यगर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थाले धेरै सामाजिक कार्यहरु गरेको संस्थाका अध्यक्ष ओझाले दाबी गरेका छन् । स्थानीय ३० युवाहरु मिलेर आपत्कालिन कोषको स्थापना गरि गठन गरिएको यस संस्थाले मिर्गौला पिडितलाई आर्थिक सहयोग, बाटो सरसफाइका कार्यक्रम तथा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिएको र आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताएका छन् ।
वीपी उपकार कोषको सामुदायिक भवनमा संचालन गरिएको साधारण सभामा उपस्थित हुने सम्पूर्णलाई संस्थाका सदस्य निर्मल नेम्बाङले शाब्दिक स्वागत गरेका थिए भने संस्थाका सचिव रोशन भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।
Comments