Sajhamanch Archive

डेंगीबाट रुपन्देहीमा एक जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

रुपन्देही । डेंगी रोगका कारण रुपन्देहीमा एक जनाको ज्यान गएको छ । कपिलवस्तुको बाणगंगा–७ मोतिपुरमा ६१ वर्षीया सावित्रा आचार्यको डेंगुका कारण ज्यान गएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार बेलुका ज्यान गएको हो । उनलाई एक्कासी ज्वरो आएपछि ३ दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यकी आमा हुनु ।

नेपाल पत्रकार महासंघ , प्रेस युनियन , प्रेस संगठनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । रुपन्देहीमा ५० भन्दा बढि डेंगीका बिरामीको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *