Sajhamanch Archive

पर्खाल भत्किँदा सुत्केरीसहित तीनजनाको मृत्यु

Published: (Updated: ) in प्रदेश तह by .

रोल्पा । लगातारको वर्षाका कारण घर माथिको पर्खाल भत्किँदा आज रोल्पामा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ ।

रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो ।

आज बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्कीएर घर पुरिदा १८ दिनको शिशु र १५ वर्षीया छिमेकी चित्राको घटना स्थलमै ज्यान गएको थियो भने सुत्केरी कमलाको भने उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ज्यान गएको प्रहरीले जनाएको छ ।उज्यालो

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *