Sajhamanch Archive

झापाका दुई स्थानमा गएराति बम विस्फोट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । झापाको गएराति दुई स्थानमा बम बिस्फोट भएको छ ।

बिर्तामोड – २ मा रहेको सहारा नेपालको प्रधान कार्यालय चारपाने र गौरादह स्थित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्ने सवारीमा एकै समयमा बिस्फोट गराइएको झापा प्रहरीले जनाएको छ । प्रतिबन्धित बिप्लप समुहले सो बिस्पोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

सहारामा प्रेसर कुकर बम बिस्पोट हुँदा कार्यलयको झ्याल र गार्डसकक्ष पूर्णरूपमा क्षति भएको बताएको छ । यस्तै विस्फोट गौरादह नगरपालिकाको सवारीमा क्षति पुगेको छ ।

दुवै स्थानमा टाइमिङ फिट गरेर राती १२ः३० मा बिस्फोट गराइएको प्रहरीले जानकारी दिएका छन् । झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले रातीनै घटानास्थलको अवलोकन गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *