Sajhamanch Archive

नेपाल बैंकको एफपिओ खरिदमा संचयकोषले स्वीकृति पाएन

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं। नेपाल बैंकले जारी गरेको एक करोड ७६ लाख कित्ता  शेयर (एफपिओ) अपेक्षित बिक्री हुन सकेको छैन्।

बैंकको एफपिओ एकमुष्ट रुपमा किन्ने सञ्‍चय कोषको प्रयास पनि असफल भएको छ। एक करोड ७६ लाख कित्ता शेयर २८० रुपैयाँको दरले करिब पाँच अर्ब बराबरकाे सेयर खुलाइएकोमा अन्य संस्थाहरुमा जस्तै बिक्रीमा समस्या देखिएको छ।

न्युनतम असार १९ र अधिकतमा साउन १३ गतकोसम्म किन्न सकिने गरी खुलाइएको शेयरमा उल्लेख्य आबेदन नपरेपछि सरकारी स्वामित्वको संचय कोषले एक मुष्ट एफपिओ हाल्ने निर्णय लिएको थियो।

संचयकोष स्रोतकाअनुसार अर्थबाट स्वीकृत नपाएपछि संचयकोष पछि हटेको छ। संचयकोषले स्वीकृतिको लागि अर्थमा पठाएकोमा अर्थमन्त्रले अस्वीकृत गरिएको बताइएको छ।

केही दिन अघि अर्थमन्त्री डा. युवराज खतिवडाले एक टेलिभिजन अन्तर्वाताको क्रममा पुँजी जुटाउनको लागि खोलिएको शेयर बिक्री नभए सोच्नु पर्ने अवस्था आउने बताएका थिए।

त्यसपछि खुलाइएको एनएमबी बैंकको शेयर बिक्रीमा त समस्या देखियो नै सरकारी स्वामित्वको बैंकको समेत एफपिओ बिक्री भएको छैन। पछिल्लो तीन वर्षको औषत नाफा २७.६ प्रतिशत हासील गरेको नेपाल बैंकमा सरकारी स्वामित्वकै संस्ठाले एफपिओ किन्ने भने पनि  स्वीकृति नपाएपछि  लगानीकर्ताहरू झस्किएका छन्।

‘हामीले नेपाल बैंकको एफपिओमा सरकारको निर्णय कुरेर बसेका थियौ, अस्वीकृत भएपछि झस्किएका छौँ’,एक लगानीकर्ताले भने ‘सरकारी स्वामित्वको एउटा संस्थामा सरकारले नै तोकेको व्याजमासमेत एफपिओ हाल्न अर्थले अस्वीकृत गर्छ भने अबको भविष्य के?’

नेपाल बैंकको एफपिओमा आवेदन परिरहेको छैन भने नेपाल बैंकको शेयर मुल्य दोस्रो बजारमा एफपिओको मुल्यकै हारहारीमा आइपुगेको छ।

–  थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *