एसिड आक्रमणमा परेकी खातुनलाई भेटन् अस्पताल पुगे स्वास्थ्य राज्यमन्त्री डा. यादव
Published:
by .काठमाडौँ । स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले एसिड आक्रमणमा घाइते भएकी मुस्कान खातुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राज्यमन्त्री डा. यादवले आज कीर्तिपुर अस्पताल पुगी खातुनको अवस्थाबारे जानकारी लिएका हुन् ।
सो क्रममा उनले खातुनेको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई निर्देशन दिएका छन् ।
वीरगञ्जस्थित हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत खातुनमाथि गत शुक्रबार एसिड प्रहार भएको थियो । हाल उनको अवस्था खतरामुक्त भएको छ ।
यस्तै समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादवले एसिड आक्रमणबाट घाइते खातुनको उपचारका लागि ५० हजार रुपैयाँ दिएका छन् ।
उता प्रदेश २ का मुख्य मन्त्री लालबाबु रावत ले प्रदेश सरकारका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
Comments