Sajhamanch Archive

विचौलियाको कारणले बन किसान मर्कामा

Published: in राष्ट्रिय समाचार by .

इटहरी । विचौलियाको कारणले बन किसान मर्कामा पर्ने गरेको पारिवारिक निजी बन संघ नेपालका केन्द्रिय अध्यक्ष जोगराज गिरीले बताएका छन् ।
मंगलबार  इटहरीमा पारिवारिक निजी वन संघ प्रदेश एकको प्रथम अधिवेशनलाई सम्वोधन गर्दै केन्द्रिय अध्यक्ष गिरीले विचौलियाको कारणले किसानले नरम काठको मुल्य नपाएको र तस्कर मौलाएको बताए ।

नेपाल सरकार उद्योग, पर्यटन, वन तथा वातावरण विभागका सभापति संघीय सांसद  सीता थेवेको प्रमुख आथित्यतामा भएको प्रथम अधिवेशनमा सुनसरी,मोरड्गलगायतका प्रमुख तथा उपप्रमुखहरुले शुभकामना दिएका थिए । अधिवशनमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीप राई, उर्लाबारी नगरपालिकाकीउपप्रमुख लक्ष्मी भण्डारी, सुन्दर हरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाड्ग,सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश एकका सचिव अग्नी पौडेल, लगायतले निजी वनको प्रवद्र्धनले देशमा परिवर्तन गर्न सकिने र आफुहरु स्थानिय तहबाट नै अभियान सञ्चालन गर्न आतुर रहेको बताएका थिए ।
अधिवेशन  गोपाल भटराइको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिती सर्वसम्मत निर्वाचित गरेको छ । समितीका उपाध्यक्षमा निर्मला मोक्तान, सचिवमा मोरड्गका नविन पौडेल, सहसचिवमा झापाका राज कुमार ओली र कोषाध्यक्षमा सिता ढकाललाई सर्वसम्मत निर्वाचित भएका निर्वाचन आयोगका संयोजक इन्दिरा घिमिरेले जानकारी दिइन् ।

सदस्यहरुमा संखुवासभाबाट लक्ष्मी चापाँगाई, लोकेन्द्र डाँगी,ताप्लेजुड्गबाट इगेन्द्र गुरुड्ग,चन्द्रकला भटराई, इलामबाट द्रौपदा बस्नेत, धनकुटाबाट देवकला पौडेल तिम्सीना, झापाबाट बोधराज कार्की,मोरड्गबाट अकाल चौधरी,टिकेन्द्र पोमु, चयन भएका सहसचिव राजकुमार ओलीले जानकारी दिए ।
प्रदेश १का १४बटै जिल्लाको प्रतिनिधित्व रहने यो समितीलाई  ४वर्षको समय रहेको केन्द्रिय सदस्य लक्ष्मण पाठकले बताए । ।हाल नेपालमा सहकारी निर्माण गरि निजी बन व्यावस्थापन गर्न केन्द्रिय समितीले अभियान नै सञ्चालन गरिरहेको छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *