एनआईसी एशिया बैंकले सुपर चमत्कारिक खाता अन्तर्गत शंकर थापालाई दियो उपचार खर्च
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी न.पा. २ का शंकर थापालाई एनसाइसी एशिया बैंक झिलझिले शाखाले औषधी उपचार खर्च प्रदान गरेको छ ।
‘एनसाइसी एसिया बैंकको सुपर चमत्कारिक बचत खाता अन्तर्गत उनले औषधी उपचारको पाएका हुन् । बैंकले औषधी उपचारमा खर्च भएको अस्पतालको कागजको आधारमा २८ हजार ७ सय रकम प्रदान गरेको हो ।
बैंकले ल्याएको बिविध शिर्षकका बचत खाता सार्वजनिक भएको केही दिनमै थापा विरामी परेका थिए । स्थानीय क्लिनिकदेखि झापाका केही अस्पतालमा उपचारका लागि धाए । उनको रोग पत्ता लाग्न नसकेपछि विर्तामोडकै बिएण्डसी अस्पतालल ‘पिठ्युँमा नसा च्यापिएको पत्ता लगाई उपचार गरिदिएको थियो ।
बुधबार झिलझिले स्थीत एनआइसी एशिया बैंकको सभाहलमा बैकका उपक्षेत्रीय कार्यालय दमकका प्रमुख डेनराज सुव्बाले थापालाई सो रकम प्रदान गरेका हुन् । प्रमुख सुब्बाले सुव्बाले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी बैंकका २९८ वटै साखाबाटसुपर चमत्कारी बचत खाता, सुपर चमत्कारी नारी बचत खाता, सुपर चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता ल्याइएको बताए ।
उनले बाबु नानी बचत खाता, बिद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, बैदेशीक रोजगार खाता, उद्यमसिल खाता, तलब खाताको सुविधा लगायतले आम नेपालीको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने बताए ।
निक्षेप योजनाहरुमा ग्राहकहरुले आफु तथा आफनो परिबारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार सम्मको बिमा सुबिधा समेत प्राप्त गर्नेछन् । परिवारका सम्पुर्ण सदस्यहरुले दुर्घनाबाट मृत्यु वा पुर्ण अशक्तताका लागी १ करोड सम्मको सुविधा छ भने, परिबारका लागी १ लाख ५० हजार सम्मको औषधी विमा सुबिधा समेत छ । बैकले सुपर चमत्कारिक बचत खाता कार्यक्रम शुरु गरेपछी सर्बसाधरणको उत्साहजनक सहभागिता रहेको एनआईसी एशिया बैकको केन्द्रिय कार्यलयले जनाएको छ ।
झापाका १७ वटा एनआईसी एशिया बैकका साखा मध्ये विर्तामोड र झिलझिले साखाबाट हालसम्म एक एकजनाले यो सुविधा भएको उपक्षेत्रिय कार्यलयका प्रमुख सुब्बाले जानकारी दिएका छन ।
Comments