सरगम संगीतालयले मनायो फत्तेमानको छैठौं स्मृति दिवश
Published: (Updated: )
by .बिर्तामोड । वरिष्ठ गायक फत्तेमान राज भण्डारीको छैंठौ स्मृति दिवस बुधबार झापाको बिर्तामोडमा एक कार्यक्रम गरेर मनाईएको छ । गत बर्षझै यो बर्ष पनि फत्तेमान राज भण्डारीको स्मृति दिवसको अवसरमा सरगम संगीतालयले आफ्नो हलमा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका सभापति तथा प्रशिक्षक दिपक रायमाझिले फत्तेमान राज भण्डारीको फोटोमा माल्यापण गर्दे वरिष्ठ गायक भण्डारीको छैठौ स्मृति दिवसलाई मात्र नभएर आगामी दिनहरुमा सबै स्वर स्रष्टाहरुलाई सँधै सम्झना स्वरुप उनीहरुले गरेको संगीतप्रतिको योदानलाई सम्मान प्रकट गर्नु पर्ने बताए । पुराना सृष्टाको अस्तित्व मेटिन सक्ने भन्दै सबैलाई सबै स्रष्टाहरुप्रति सम्मान गर्नु पर्नेमा जोड दिए ।
गायक राजभण्डारीले ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका थिए । सुरुमा भजन गायनबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका फत्तेमान राजभण्डारी २०१८ सालमा गीत गाउनका लागि रेडियो नेपाल प्रवेश गरे । उहाँका ‘मर्न बरु गाह्रो हुन्न …, ’यस्तो पनि हुँदो रहेछ . ’सान्नानीको गालैमा कालो कोठी रैछ … ’वनै खायो डडेलोले मनै खायो… ’जिन्दगीको पाना भरि सुख देखिदैन….’ जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् र नेपाली गितसंगीत पारखी माझ आजपनि उत्तिकै रुचाईने गरिन्छ ।
निकै लामो समयसम्म नेपाली गीत संगीतको क्षेत्रमा काम गरेका फत्तेमानले विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय सम्मान प्राप्त गर्न सफल भए ।
सोही अवसरमा संगीतालयमा गायन कला प्रतियोगिता समेत भएको थियो । गायन तर्पm सस्कृति भट्टराई, कुसल ओली, राम चन्द्र नेपाल, मेलिना मैनाली, एन्जल चिमरिया, प्रबिन बिसी र नरेन्द्र तिम्सीना लगायतल गाएका थिए । बाध्यबादक तर्फ गितारमा बिवस श्रेष्ठ, तबेला तर्फ दिपक रायमाझी र हारमोनियम तर्फ कुसर ओली लगायतले संगीत भरेका थिए । उक्त कार्यक्रमको सञ्चालन संञ्चारकर्मी प्रबिन बिसिले गरेका थिए ।
Comments