झापाको सुरुङ्गामा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने
Published:
by .सुरुङ्गा । नेपालको भ्रमण बर्ष २०२० लाई लक्षित गरी कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा आगामी भदौ २७ गते बिहीबारदेखि सास्कृतिक महोत्सव हुने भएको छ ।
भोली शुक्रवारदेखि आगामी असोज १० गतेसम्म चल्ने सो महोत्सवमा नेपालका चर्चित कलाकारहरुको जमघट हुने भएको महोत्सव मुल समारोह समितिका संयोजक विवेक अग्रवालले बताए । लक्ष्मी डिल्ली मार्गको उद्घाटन समेत गरिने सो महोत्सवको कनकाई सचेत युवा क्लवको आयोजनामा हुन गईरहेको छ ।
महोत्सवमा नेपालका चर्चित कलाकारहरु ज्योती मगर, चर्चित र्यापर भीटेन, शिव परियार , मेलिना राई, कमल खत्री , मिलन निरौला, एलिना चौहान लगायातका राष्ट्रिय कलाकारको साथमा रिदम ब्याण्ड, र स्थानीय ब्याण्ड र कलाकारहरुको दैनिक प्रस्तुती रहने बताइएको छ । मेलामा विभिन्न खेल तमासा र खाद्य तथा अटोको प्रदर्शनी र साँस्कृतिक प्रदर्शनी समेत गरिन लागेको आयोजक समितिका अध्यक्ष निशेष ओलीले जानकारी दिए ।
महोत्सव पशुपति मावि दक्षिणमा लाग्ने छ भने महोत्सवको तयारी सबै पुरा भएको छ । यसका लागि स्वयमसेवक र सुरक्षाका लागि सुरक्षा गार्डको साथमा नेपाल प्रहरीको समेत सहयोग लिइने आयोजकले जनाएको छ ।
Comments