बृद्ध माता पिता ज्ञान, सीप, इतिहासका भण्डार हुन्, उनीहरुलाई हामी सबैले सम्मान गर्नु पर्छ
Published: (Updated: )
by .शिवसताक्षी । बृद्ध माता पिता ज्ञान, सीप र इतिहासका ज्ञाता हुन्, जसले संस्कृति सव्यतालाई आजसम्म पछिल्लो पुस्तालाई सिकाई रहेको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बताइएकी छिन् ।
शनिबार शिवसताक्षीको दूधेमा ज्येष्ठ नागरिक नगर समितिको सातौ वार्षिक साधारण सभा बोल्दै उपप्रमुख नेपालले पछिल्लो समय पश्चिमी संस्कृति भित्रिरहेका बेला हाम्रा माता पिताहरुले आफ्नो संस्कृति परम्परालाई आत्मसाथ गर्दै भाषा, धर्म परम्परालाई जोगाई राखेको बताइन् । उनीहरुलाई छोरा छोरीहरुले उच्च सम्मान दिनु पर्छ,उनले भनिन् जसका कारण हामी यस धर्तीमा जन्म लिन पाएका छौं ।
ज्येष्ठ नागरिक नगर समितिका अध्यक्ष पदमप्रसाद दाहाले ज्येष्ठ नागरिकहरुको एक्लो पना हटाउन, अल्जाइमर जस्तो घातकरोगहरु लाग्न नदिन उनीहरुलाई सक्रिय रहने वातावरणका लागि योग ध्यान गराइने बताए । उनले योग र दिनको समयमा बृद्ध माता पिताहरु भेला भई भलकुसारी गर्ने प्रत्येक वडामा ज्येष्ठ नागरिक चौतारी निर्माण भईरहेको जानकारी दिए । सकारकाले दिएको गाडी भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिएको सुविधा स्थानीय सरकारले कार्यान्वयन नगरिएको गुनासो गरे ।
त्यस्तै पूर्व सांसद तथा ज्येष्ठ नागरिक जिल्ला उपाध्यक्ष तारासम योङ्याले ज्येष्ठ नागरिक भनेको हिमाल, पहाड, तरार्ई भित्र चार जात छत्तिस वर्णका फूलबारी भएको बताए । ज्येष्ठ नागरिकको परिवारमा कुनै जाति, धर्म, सम्प्रदायले कुनै फरक पार्दैन यो एउटा सिंगो परिवार भएको भन्दै अहिलको पिढी धेरै वैदेशिक रोजगारीमा गएकाले घर, संस्कृति, धर्म सबै ज्येष्ठ नागरिकले नै समाल्दै आएको जानकारी दिए ।
हाल नेपालमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक ४ लाख ५९ हजार रहेका छन् । शिवसताक्षी नगर समितिमा ५ सय ४० ज्येष्ठ नागरिकले सदस्यता लिएको नगर समितिले जनाएको छ ।
कार्यक्रममा नगरसमितिको प्रतिवेदन अध्यक्ष पदमप्रसाद दाहालले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष यदुनाथ दाहालले प्रस्तुत गरेका थिए । वडा नं. ७ को प्रतिवेदन जितेन्द्र चेम्जोङ्ग प्रस्तुत गरेको कार्यक्रमकमा ४ नं. वडाका अध्यक्ष रामबहादुर दाहाल, १० नंं वडाका अध्यक्ष पिताम्बर बरालले बोलेका थिए । कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष अम्बिका प्रसाद अधिकारीले गरेका थिए भने सञ्चालन नरपति पाठकको रहेको थियो ।
Comments