Sajhamanch Archive

न्यू कञ्चन सहकारीको साधारणसभा, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य सम्मानित

Published: in सहकारी by .

बुधबारे । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति–३ झापाले शनिवार  १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले आर्थिक बर्षको प्रगति प्रतिवेदन तथा संस्थाको भावि कार्ययोजना तथा रणनीति प्रस्तुत गरेमा थिए । त्यस्तै संस्थाका लेखासमितिका सदस्य ज्ञानबहादुर धिमालले संस्थाको गत आर्थिक बर्षमा करिव २८ लाख शेयर पुँजी रहेकोमा यस आर्थिक बर्षमा ४४ लाख ९ हजार शेयर पुँजी बुद्धि गरेको, ७६ लाख १९ हजार ७९० निक्षेप संकलन, १ करोड १ लाख, ३ हजार ३ सय २८ रुपैंया कर्जा लगानी तथा असुली गरि ५ करोड ८८ लाख ८३ हजारको कारोवार गरेको संस्थाले ६ लाख ८२ हजार २ सय ३१ रुपैँया नाफा गरेको लेखा प्रतिवेदन मार्फत जनाएका थिए ।

साधारण सभाकै अवसर पारेर बिभिन्न बिधामा सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा दैनिक बचतकर्ता मध्येबाट उत्कृष्ट कारोवार गर्ने बिष्णुकुमार धिमाल, महिला बचत समूहमा माईबेराङ महिला बचत समूह, ऋणीतर्फबाट लेखनाथ भट्टराई सम्मानित भएका छन् । त्यस्तै गत सालमा सेयर सदस्यका छोराछोरी मध्येबाट एसईईमा उत्कृष्ट अंक ल्याउने शिवानी मैनालीलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको थियो । उनीहरुलाई अध्यक्ष, प्रमुख अतिथि र बिशिष्ट अतिथिले सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष ईश्वरीराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका सहकारी शाखा प्रमुख देवेन्द्र दाहालको प्रमुख आतिथ्य तथा कृषि शाखा प्रमुख कृष्ण ढुंगेलको बिशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि दाहालले सहकारी ग्रामिण क्षेत्रमा रहेर पनि राम्रो कारोवार रहेको भन्दै खुलेर प्रशंसा गरेका थिए । बुद्धशान्तिमा ६७ वटा सहकारी रहेको जनाउँदै सबै सहकारी अब व्यवसायिक बन्नुपर्नेमा जोड दिएका थिए । बिषयगत सहकारीले आफ्नो कारेवारको ३० प्रतिशत अनिवार्य बिषयगत कारोवार गनुपर्ने बताए । उनले सहकारीको नयाँ ऐननीति अनुसार आउँदो बर्षदेखि एउटै प्रकृतिका सहकारीमा दोहोरो सदस्यता समेत लिन नपाईने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *