Sajhamanch Archive

तेल प्रशोधन केन्द्रमा आक्रमणपछि तेलको मुल्य बढ्यो

Published: in राष्ट्रिय समाचार by .

कठमाडौं  । पेट्रोलियम पदार्थको मुल्य चार महिनाकै उच्च बृद्धि भएको छ । शनिवार साउदी अरबको तेल प्रशोधनस्थलमा दुईवटा आक्रमण भएपछि तेलको म’ल्य बढेको हो । शनिवार ती आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो।

त्यसबाट विश्वभरि हुने आपुर्ति पाँच प्रतिशतले घटेको छ । व्यापार सँग हुँदा ब्रेन्ट कच्चा तेलको मुल्य १९५ ले वृद्धि भई प्रतिब्यारल ७१.९५ अमेरिकी डलर पुगेको थियो।

त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मुल्य १५५ ले बढ्दा प्रतिब्यारल ६३.३४ डलर पुग्यो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अन’मति दिएपछि बढेको मुल्य केही घट्यो । पूर्ववत् तेल उत्पादन गर्न साउदी अरबलाई हप्तौँ लाग्न सक्नेछ।

साउदी अरबको तेल उद्योगको केन्द्रमा भएका ड्रोन आक्रमणले संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र प्रभावित भएको छ।

साउदी ऊर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले विशाल प्रशोधन केन्द्रहरू प्रभावित भएकाले उत्पादन केही घट्न गएको हो। साउदी अधिराज्य संसारको सबैभन्दा ठुलो तेल निर्यातकर्ता हो । उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी परिमाणमा तेल अन्यत्र पठाउने गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *