लेखापढी बचत तथा ऋण सहकारीमा नयाँ कार्यसमिति चयन
Published: (Updated: )
by .भद्रपुर । लेखापढी व्यवसायीहरुले सञ्चालन गरिरहेको सहकारी संस्था लेखापढी बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अध्यक्षमा महेशकुमार भट्टराई चयन भएका छन् । उनी दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।
ग्रामिण विकास प्रशिक्षण केन्द्र कलबलगुरीमा शनिवार सम्पन्न संस्थाको नवौँ वार्षिक साधारण सभाले आगामी तीन वर्षे कार्यकालकालागि भट्टराईलाई अध्यक्षपदमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा पुनःगोविन्द बुढाथोकी, सचिवमा दलबहादुर थापा, सह सचिवमा हेमराज खतिवडा र कोषाध्यक्षमा मुरारी न्यौपाने सर्वसम्मत चयन भए । सदस्यमा निराजन उप्रेती, गणेश नेपाल, मिरादेवी उप्रेती, प्रदीप श्रेष्ठ र पदेन सदस्यमा महेश न्यौपाने, महेन्द्र खतिवडा र लावण्यप्रसाद पोखरेल चयन भएका छन् ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ८ महिलासहित २४१ सदस्यपुगेको र संस्थाले आ. व. ०७५÷०७६ मा ६ लाख ४३ हजार ५८५ रुपैयाँनाफा गरेको जानकारी दिए । प्रतिवेदनअनुसार संस्थाको शेयर पूँजी ६३ लाख ५७ लाख ८ सय रुपैयाँ पुगेको छ भने १ करोड २७ लाख ७६ हजार ९९६ रुपैयाँ निक्षेप संकलन र १ करोड २८ लाख ४३ हजार ८५ रुपैयाँ ऋण लगानी गरेको छ ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता तथा ऋणीतर्फ कृष्ण घिमिरे, गोपाल निरौला, पुरुषोत्तम अधिकारी र किरण शर्मालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
उपाध्यक्ष गोविन्द बुढाथोकीले स्वागत र सचिवदलबहादुर थापाले सञ्चालन गरेको समारोहमा ज्ञानोदय शिक्षक सहकारीका गोकुलराज न्यौपाने, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरका अध्यक्ष महेश न्यौपाने, लेखापढी कानून व्यवसायी एशोसिएशनका केन्द्रीय सचिव युवराज कार्की (पर्वत), प्रदेश १ का संयोजक पुरुषोत्तम अधिकारी, मञ्जु पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Comments