सुन्दर सामुदायिक प्रहरी सेवाकेन्द्रमा नयाँ नेतृत्व चयन
Published: (Updated: )
by .विर्तामोड । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोडका अध्यक्षमा गोमेन्द्र महाविद्यालयका सञ्चालक उत्तम खनाल निरविरोध अध्यक्षमा निर्वाचित भएका छन ।
सोमवार विर्तामोड स्थित सि टी सेन्टर तालिम केन्द्रमा भएको तेस्रो अधिवशनबाट खनाल सर्वसम्मत निर्वाचित भएका हुन ।
अध्यक्षका प्रत्यासी राजकुमार ओलीले सहमतिको आधारमा खनाललाई छाडिदिएपछि सर्वसम्मत रुपमा खनालले २ वर्षे कार्यकालका लागि अध्यक्ष बनेको निर्वाचन मण्डलका सम्योजक देवी सगै्रालाले बताए । त्यस्तै उपाध्याक्षमा सञ्जिव चापागाई, रोशन विमली, अमिर लिड्देन र तारा कार्की ,महासचिवमा लक्ष्मी गौतम ,सचिवमा र घुनाथ थपलिया,कोषाध्याक्षमा शत्रुधन प्रसाद गुप्ता र सहकोषाध्यक्षमा राधा भटराइ निर्वीरोध निर्वाचित भएका छन ।
१९सदस्यीय कार्यसमितीका सदस्यहरुमा लक्ष्मी सापकोटा, टँक सापकोटा, कुलप्रसाद मगर, धु्रव आचार्य, तेजेन्द्र उप्रेती, तेजमणी प्रसाई ,कृति प्रसाइ, लगाएत निर्वाचित भएका हुन । विर्तामोड नगरपालिकाका प्रमुख धु्रव कुमार सिवाकोटीको प्रमुख आथित्यतामा भएको अधिवेशनमा सामुदायिक प्रहरीलाई उत्कृष्ट योगदान पुराउने देवी सग्रौला,सोमा न्यौपाने लगायतलाई समेत कदरपत्र सहितले सम्मान गरिएको छ ।
अधिवेशनलाइ, विर्तामोड उद्योग बाणिज्य सघका अध्यक्ष कुमार भटराई, विर्तामोड ४का वडा अध्यक्ष कुलप्रसाद संग्रौला, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक दिनेश मैनाली, लागायतले शुुभकामना दिदै झापामै उत्कृष्ट योगदान पुर्याउने सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रबाट सवैले सिक्न जरुरी रहेको बताए । अधिवेशन केन्द्रका अध्यक्ष अर्जुन मैनालीको सभापतित्वमा तथा महासचिव लक्ष्मी गौतमको सञ्चालनमा सम्पन्न भएको केन्द्रका प्रचार विभाग प्रमुख राजकुमार ओलीले जानकारी दिएका छन ।
Comments