लुक्लाबाट काठमाडौं उडेका ७ हेलिकप्टर आकस्मिक अवतरण
Published: (Updated: )
by .काभ्रे। लुक्लाबाट काठमाडौं उडेका ७ ओटा हेलिकोप्टरको आकस्मिक अवतरण गरिएको छ।
पाँचखाल–२ जोरपाटी र हर्सेमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् भने सिन्धुली नेपालथोकमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार मनाङ्ग एयर २ वटा, सिम्रिक र कैलाश एयरको १/१ वटा गरी ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका हुन्।
मनाङ्ग एयरको दुबै हेलिकप्ट ५ं÷५ विदेशी यात्रु, कैलाश एयर २ विदेशी यात्रु र सिम्रिक एयरमा ५ यात्रु सवार रहेको थिए। त्यसै गरी चार जना चालक दलका सदस्यहरु रहेका थिए।
मानङ एअरका दुई हेलिकप्टरमा ५ जना विदेशी, सिम्रिक एअरको हेलिकोप्टरमा पाँचजना विदेशी रहेको प्रहरीले जनाएको छ।
काठमाडौंको भिजिबिलिटी कम भएका कारण हेलिकप्टरहरू ल्यान्ड गर्न नसक्ने भएकोले काभ्रेमा ल्यान्ड गारइको हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले जानकारी दिए। विस्तृत विवरण आउन बाँकी छ।
Comments