Sajhamanch Archive

स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन क्वार्टरफाइनलमा

Published: in खेलकुद by .

काठमाडौं । स्वीडेन २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । मंगलबार भएको खेलमा स्वीडेनले स्वीट्जरल्यान्डलाई १–० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

योसँगै स्वीडेन २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । सन् १९९४ मा सेमिफाइनलमा पुगेको स्वीडेन त्यसयता क्वार्टफाइनलमा पुग्न सकेको थिएन । खेलको ६६ मिनेटमा स्विडेनले अग्रता लिएको थियो ।

इमिल फोर्सवर्गले हानेको प्रहार डिफ्लेक्ट भएर गोलपोस्ट भित्र छिरेको थियो । फोर्सवर्गको प्रहार स्विजरल्यान्डका डिफेन्डर म्यायुनयल एकान्जीको खुट्टामा लागेर छिर्दा स्विट्जरल्यान्डका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् ।

त्यसपछि स्विट्जरल्यान्डले स्विडेनमाथि लगातार दबाव बनाएपनि फिनिसिङमा पटक–पटक चुकेको थियो। अन्तिम मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बन्यो ।

इन्जुरी टाइमको तेस्रो मिनेटमा डिफेन्डर लाङलाई रेफ्रीले सिधा रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए। स्विडेनले काउन्टरमा बल अघि बढाइरहेको बेला उनले फल गरेका थिए । अब स्वीडेनले कोलम्बिया र इंगल्याण्डबीचको विजेतासँग क्वाटर फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *