Sajhamanch Archive

पौडी खेल्ने क्रममा घातक संक्रमण, १० वर्षीया बालिकाको मृत्यु

Published: in विविधा, विश्व समाचार by .

टेक्सास । पौडी खेल्ने क्रममा एक प्रकारको ब्याक्टेरियाको संक्रमणमा परेर अमेरिकाको टेक्सासमा १० वर्षीया एक बालिकाको मृत्यु भएको छ ।

लिली एभन्ट नाम गरेकी ती बालिका घर नजिकैको नदीमा पौडी खेल्ने क्रममा घातक ब्याक्टेरियाको संक्रमणमा परेको बताइएको छ ।

पौडी खेल्दा नाकबाट उनको शरीरमा प्रवेश गरेको एक प्रकारको ब्याक्टेरिया मस्तिष्कसम्म पुगेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

सुरुमा टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि अस्पतालमा पुगेकी उनी अचेत भएकी थिइन् । उपचारकै क्रममा अस्पतालमा सोमबार उनको निधन भएको जनाइएको छ ।

मस्तिष्क नै खाइदिने ‘अमिबा’को संक्रमणका कारण उनको मृत्यु भएको चिकित्सकहरुको भनाइ छ । उनीसँगै उक्त नदीमा करिब ४० जनाले पौडी खेलेको भए पनि त्यस प्रकारको समस्या उनमा मात्र देखिएको थियो ।

पानीमा पाइने सुक्ष्म जीवाणु शरीरभित्र प्रवेश गरी मस्तिष्कसम्म पुग्ने र त्यसले मस्तिष्कलाई नै खाएर नष्ट गर्ने हुनाले मानिसको मृत्युसमेत हुन सक्ने चिकित्सकहरुको भनाइ छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *