शिवसताक्षीमा कार्तिक ७ देखि ९ गतेसम्म जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा झापा जिल्ला स्तरीय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता हुने भएको छ । शिवसताक्षी बुद्धिचाल संघको आयोजनामा कार्तिक ७, ८ र ९ गते दूधे स्थित जनजाति भवनमा प्रतियोगिता हुने भएको हो ।
शिवसताक्षी नगरमा खुलकुदको माध्यमबाट खेल विकास साथै नगरलाई परिचत गराउन नगरमै पहिलो पटक प्रतियोगिताको आयोनजा गरिएको शिवसताक्षी बुद्धिचाल संघका अध्यक्ष लाहनसिं तुम्बापोले बताए ।
प्रतियोगितामा करिव २ लाख खर्च हुने आयोजनकले जनाएको छ । शिवसताक्षी नगरपालिकाबाट ३० हजार सहयोग र अन्य रकम स्थानीय संघ संस्था, साथी भाईको सहयोगबाट जुटाउने खेल संयोजक भिम थाम्सुहाङ्गले बताए ।
स्थानीय सरकार शिवसताक्षी नगरपालिकालाई आयोजकले सवै विधाका खेल सरह चेसलाई पनि हेरेर सहयोग गरिदिन अनुरोध गरेको छ ।
नेपाल पूर्व च्याम्पियन आर्बीटर भुपेन्द्र निरौलाको नेतृत्वमा निर्णायक टोलीले प्रतियोगिता संचालन गर्ने र प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुले पनि सहभागिता रहने खेल संयोजक थाम्सुहाङ्गले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजताले १५ हजार, उपविजेताले १० हजार तथा तेश्रो हुनेले ८ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैगरी, चौथो हुनेले ६ हजार ,पाँचौ हुनेले ५ हजार र छैटौ देखी १० औं हुने बिजेताले जनही ३ हजार रुपैयाँ र प्रमाण पत्र पाउने आयोजक समितिले जनाएको छ ।
यस्तै वर्गाीकृत पुरस्कार तर्फ भेट्रान, वेष्ट महिला, उदयमान खेलाडी , शिवसताक्षी नगरतर्फको च्याम्पियन, उत्कृष्ठ दुधे र उत्कृष्ट अन्डर १६का विजेताले जनही २ हजार र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।
Comments