Sajhamanch Archive

पूर्व नेपाल बहुद्देश्यीय सहकारीद्वारा सदस्य छनौट सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

कमल । पूर्व नेपाल बहुउद्देश्यीय सहकारी सस्थाले साधारण सभाका लागी आजबाट प्रतिनिधी छनौट कार्यक्रम सुरु गरेको छ ।

आगामी असोज ११ गते सम्पन्न हुने संस्थाको १९ औं वार्षिक साधारणसभाका लागी प्रतिनिधि छनौट सुरु गरेको संस्थाले जनाएको छ ।

साधारणसभाको लागी सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुसार सर्वप्रथम इकाइगत साधारणसभा गर्नु पर्ने भएको हुँदा प्रतिनिधी छनौट सुरु गरिएको संस्थाका सदस्य प्रेम सापकोटाले बताए ।

प्रतिनिधी छनौट कार्यक्रम अन्तरगत आज कमल गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म असोज ३ गते दमक र गौरिगंज असोज ४ गते धरमपुर विर्तामोड र भद्रपुर नगरपालिकामा रहेका सदस्य विच ५० जना बराबर १ जना प्रतिनिधी छनौट गर्ने कार्यक्रम रहेको व्यवस्थापक चन्द्रकला ढकालले जानकारी दिईन् । २०५७ सालमा स्थापना भएको सस्थामा हाल ६ हजार ९ सय ९८ जना सदस्य रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *