Sajhamanch Archive

तेल कम्पनीमा इरानले आक्रमण गरेको साउदी अरवको आरोप

Published: in विविधा, विश्व समाचार by .

साउदी अरवले आफ्ना दुई वटा तेल उत्पादन तथा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानकै संलग्नता रहेको आरोप लगाएको छ ।

आक्रमणमा प्रयोग गरिएको ड्रोन र मिसाइलका अवेशषबाट यसमा इरानको संलग्नता पुष्टि हुने उसको दावी छ ।

यमनमा सशस्त्र संघर्ष गर्दै आएको हुथी विद्रोहीले आक्रमणको जिम्मा लिएपनि उसँग यो स्तरको हतियार र प्रविधि नभएको तर्क साउदी अरव र अमेरिकाले लगाउँदै आएका छन् । इरानले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिदै आएको छ ।

साउदी सरकारी कम्पनी ‘आरम्को’ बाट सञ्चालित मूख्य दुई तेल उत्पादन केन्द्रमा अघिल्लो शनिवार ड्रोन तथा मिसाइल आक्रमण भएपछि साउदी अरबियाले तेल उत्पादनमा आधा कटौती गरेको थियो ।

यसले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढाएको थियो । आक्रमणमा कम्तिका १८ वटा मानवरहित ड्रोन तथा केही मिसाइल प्रयोग भएको साउदी अरबियाको जिकिर छ ।

यी हतियार इरानमा निर्माण गरिएको र आक्रमण पनि यमनबाट नभएर इरानबाटै गरिएको उसको दावी छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *