Sajhamanch Archive

संविधानले दिएको अधिकार व्यवहारमा उतार्न चुनौती छ : मुख्यमन्त्री राई

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । संविधान दिवसको अवसर पारेर प्रदेश १ सरकारले विशेष कार्यक्रम गरी मनाएको छ । संविधान दिवस मनाउने तीन दिने कार्य योजना अनुसार आज विराटनगरको शहीद रंगशालामा औपचारिक कार्यक्रम गरियो ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संविधानले व्यवस्था गरेको जनताका अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने चुनौती भएको बताए । ‘संविधान प्रदत्त जनताका हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु यति खेरको आवश्यकता र चुनौती पनि हो’ उनले भने ‘ संविधान स्वतः आफैं कार्यान्वयन हुने होइन । नीति, नियम, कानून, योजना, पद्धति र संस्कारको माध्यमबाट यसको व्यवहारिक कार्यान्वयन हुने हो । प्रदेश सरकार संविधानलाई व्यवहारमा लागु गर्ने कसरतमा छ, यो अभ्यास जारी छ ।’

मुख्यमन्त्री राईले संविधान दिवस मनाइरहँदा देशमा राष्ट्रिय एकता दरिलो भएको दावी गरे । संविधान दिवसको अवसरमा ठुला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने काम भएको बताउँदै उनले सबैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद नरहेको प्रष्ट पारेको बताए ।

‘हामी तपाई र सबैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद छैन हामी सबै एक छौ, एक रहन चाहन्छौ भन्ने स्पष्ट गर्दछ’, मुख्यमन्त्री राईले भने ‘यसले नेपालको राष्ट्रिय एकता दरिलो छ, सशक्त छ, अविचलित छ भन्ने सन्देश दिएको छ ।’

उनले तीन तहका सरकारबीच शासन सञ्चालनमा कुनै समस्या, द्विविधा वा विवाद नरहेको उनले बताए । संघियता कार्यान्यनको चरणमा द्विविधा र जटिलता आपसी छलफल, समन्वयबाट हल गर्ने संस्कृतिको विकास संघीय प्रणालीको अभ्यासमा सुखद् पक्ष भएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *