Sajhamanch Archive

बझाङमा वडा कार्यालयमा आगजनी

Published: in राष्ट्रिय समाचार, समाज by .

बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाँउपालिका वडा नं.७ को वडा कार्यलयमा शनिबार राति आगलागी हुँदा कागजातलगायत धेरै सामाग्रीहरु जलेर नष्ट भएका छन् ।

वडा कार्यालयमा भएका रजिष्टर, सोफासेट, कम्प्युटर, सोलार सेट, फोटोकपी मेशिनलगायत दराजमा भएका सबै कागजातहरु जलेर नष्ट भएको वडा नम्बर ७ का वडाध्यक्ष प्रेम बोहराले बताए।

शनिबार मध्य रातमा नचिनेका मानिसहरुको समूहले वडा कार्यालय तोडफोड गरी कार्यालयको आगजनी गरेको धामीले बताए ।

स्थानीयका अनुसार आगजनीबाट वडा कार्यालयमा झण्डै १५/२० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नेत्र विक्रम चन्द (नेकपा) विप्लव समूहका जिल्ला इन्चार्ज विराटले भने वडा कार्यालयमा आगजनी गरिएको घटनामा आफ्नो पार्टीको संग्लग्नता नभएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले घटना स्थलतर्फ प्रहरी टोली गएको तर आधिकारिक जानकारी भने आइनसकेको बताए ।

वडा कार्यालय गाँउमै भएको महादेव आधारभूत विद्यालयको एउटा भवनमा कोठा भाडामा लिएर सञ्चालन हुँदै आएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *