सामूहिक बलात्कार गरेको आरोपमा मोरङमा प्रहरीद्धारा चार जना पक्राउ
Published: (Updated: )
by .मोरङ । शनिबार राति ग्रामथान–७ स्थित बिचारी खनालको केराघारीमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा ग्रामथान गाउँपालिका–५ बस्ने २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी–५ बस्दै आएका २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षकै प्रकाशकुमार थारूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार किशोरीलाई युवकहरूले मदिरा सेवन गराइ करणी गरेको खुलेको छ । शनिबार राति करिब १ बजे करणी भएको खबर पाएपछि पुगेको प्रहरीले शनिबार राति नै घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
उनका अनुसार घटनामा संलग्न चारैजना किशोरीसँग चिनजान भएका व्यक्ति हुन् । शनिबार राति किशोरीलाई घटनामा संलग्नहरूले स्थानीय पसलमा मदिरा सेवन गराएका थिए । मदिरा सेवनपछि अर्धचेत भएको अवस्थामा करणी भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरूलाई जवर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
Comments