कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुहोस्ः मन्त्री अर्याल
Published: (Updated: )
by .भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छिन्।
राष्ट्रिय सहकारी महासंघ लि.ले मन्त्रालयको सहयोगमा ुप्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारीु विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आइतबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले खासगरी योगना बाँडफाँडका क्रममा हुनेगरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरिन् ।
योजना माग्न आउदाखेरि कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस । काम गर्नेले पाउदैन । कागज बनाउनेले पाउँछ । कागज बनाउनेले पाउँछ नीजि स्वार्थमा प्रयोग गर्छ । सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउँदै पाउँदैन । किनकी उसको नेतासँग पहुँचै छैन । र उ दिनदिनै आउन पनि भ्याउँदैन । अनि भेट्न पनि सक्दैनु, मन्त्री अर्यालले भनिन् ।
अब योजना बाँडफाँड गर्दा यस्ता कुरालाई पनि ध्यान दिन मन्त्री अर्यालले आग्रह गरेकी छिन् । उनले भनिन्, कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजनाका काम दिनुहोेस् । अब हामीले कागज मिलाउनेलाई होइन काम गर्नेलाई भन्ने हिसाबले केही न केही हिजो भन्दा फरक हुनेगरी हामी अगाडी बढौं ।
जनताको अपेक्षा यही पनि यही भएको भन्दै उनले अहिले सरकार ठिक स्प्रिटमा अगाडी बढिरहेको बताइन् । तर अहिलेपनि निराशा बढाउने कोशिस गरिएपनि निराशा हुनपर्ने कारण भने नभएको उनको भनार्इ थियो ।
नेपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले राम्रोढंगले काम गर्न नसकेमा, जनताको मन जित्न नसेकामा जनतामा आशंका र अविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताइन् ।
स्थानीय, प्रदेश तथा संघ सबैतिर कम्युनिष्टको बहुमत आउने कुरा कसैले कल्पना गरेको कुरा नरहेको अवस्थामा नेपालले सबैतिर बहुमत ल्याउँदा अन्तराष्ट्रिय जगत पनि अचम्मित भएको भन्दै उहाँले दुनिया कसैले कल्पना नगरेको कुरा नेपालले व्यवहारबाट देखाइदिएको बताइन् । त्यसकारण अब गणतन्त्रलाई सफल बनाउने भनेको काम गरेर नै सफल बनाउनु पर्नेमा उनको जोड थियो ।
हिजोको परम्परावादी शैलीले अब कुनैपनि काम चल्न नसक्ने भन्दै मन्त्री अर्यालले हिजोकै मान्यता, सोच, काम गर्ने शैलीबाट पार नलाग्ने दाबी गरिन् । अहिलेपनि आक्रमण गर्ने, अनआस्था फैलाउने, अविश्वास खडा गर्ने, हाम्रो व्यवस्थामाथी प्रश्न उठाउने ठाउँमा पुर्याउनेगरी चलखेल शुरू भइसकेको भन्दै यी कुरालाई चिर्दै अगाडी बढ्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
यी कुरामा सबै जनप्रतिनिधिहरू सचेत हुदै मसिनो ढंगले, सिर्जनशील ढंगले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरिन् ।
मन्त्री अर्यालले सहकारी महासंघको तर्फबाट इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ (इफ्को)का एमडी डा.यु.एस. अवस्थीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेकी थिइन् ।
Comments