Sajhamanch Archive

दशैंका लागी राष्ट्रबैकको नयाँ नोट : हेर्नुहोस्–कहाँकहाँ र कहिलेबाट पाइन्छ ?

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं अरु वर्षजस्तै यस वर्षको नेपाल राष्ट्र बैकले दशैंमा नयाँ नोट वितरण गर्ने भएको छ ।

पुराना नोट बैंकलाई दिएपछि नयाँ नोट बैंकले तपाईलाई दिनेछ । ५,१०,२०,५० र १०० का नयाँ नोटहरु सटहीका लागी उपत्यका बाहिर र उपत्यका भित्रका लागी बैंकले स्थान तोकेको हो ।

अशोज १० गतेदेखि अशोज १७ गतेसम्मका लागी यो सुविधा उपलब्ध भएको बताइएको छ ।
यि स्थान र बैंकबाट नयाँ नोट लिनुहोस्–

नेपाल बैंक लिमिटेड :
न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर ।

राष्ट्रिय वाणिज्य बैंक :
सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा ।

कृषि विकास बैंक :
गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक ।

उपत्यका बाहिर नयाँ नोट पाइने राष्ट्र बैंकका शाखाहरु
विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *