Sajhamanch Archive

विरोधका बाबजुद प्रदेश १ मा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by .

विराटनगर । नेपाली कांग्रेसको विरोधका बाबजुद प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ ।

आज नेपाली कांग्रेसका सांसदहरुले प्रदेशसभामा नाराबाजी गरे पनि सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समय दिए ।

मन्त्री घिमिरेले पेश गरेको विधेयक प्रदेशसभाको बहुमतले पारित गरेको हो । प्रदेशसभामा नेकपाको बहुमत रहेको छ । नेपाली कांग्रेसको विरोधका बाबजुद सामाजिक विकास समितिको प्रतिवेदनसहित उक्त विधेयक आइतबार प्रदेशसभामा पेश भएको थियो ।

कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *