ग्रामिण कृषि सहकारीको साधारण सभामा कर्मचारीसहित १३ जना सम्मानित
Published:
by .शिवसताक्षी । ग्रामिण कृषि सहकारी संस्था लिमिटेडले ३ लाख ८९ हजार ७ सय रुपैँया नाफा गरेको छ ।
शिवसताक्षीको शिवगञ्जमा रहेको सहकारीले १० औं वार्षिक साधारण सभामा आ.व. २०७५÷०७६ को आय व्यय सार्वजनिक गरेको हो ।
सञ्चालक समितिको प्रतिवेदन बाचन गर्दै अध्यक्ष रामचन्द्र सिटौलाले सहकारीले २१ लाख १९ हजार २९ रुपैया आम्दानी र १७ लाख २९ हजार ३ सय २८ रुपैया खर्च गरी ३ लाख ८९ हजार ७ सय रुपैँया नाफा गरेको बताए ।
आर्थिक प्रतिवेदन सहकारीका लेखा समितीका संयोजक लक्ष्मी प्रसाद ढकालले प्रस्तुत गरेका थिए । सहकारीले असल ऋणी, असल बचत कर्ता, कर्मचारी र सहकारीमा सहयोगी भुमिका खेल्ने १३ जनालाई सम्मान गरेको छ । उनीहरुलाई प्रदेश नं. सांसद झलकसिं दर्लामीले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा सांसद झलकसिं दर्लामीले बिकास निर्माणका कार्यहरुको बारे जानकारी दिदै सहकारीले ग्रामिण क्षेत्रको जनताहरुको जिवन स्तर उकास्न र राष्ट्रको अर्थतन्त्र निर्माणमा टेवा पुग्ने भएकाले सरकारले प्रमुख प्राथमितामा सहकारीलाई राखेको बताए । उनले सहकारीहरुले स्थानीय स्तरमा केही रुपमा वेरोजगारी समस्या समेत हल भएको जानकारी दिए ।
कार्यक्रम सचिव बिष्णु प्रसाईले सञ्चालन गरेका थिए ।
Comments