१४ महिनाकी बालिकाले पिउँछिन् दैनिक डेढ लिटर कफी, यस्तो छ कारण
Published:
by .आम रूपमा पाँच वर्षभन्दा कम उमेरका बच्चालाई कफी नपिलाउन सल्लाह दिइन्छ । तर इन्डोनेसियामा एकजना १४ महिनाकी बालिकाले दिनमा डेढ लिटर कफी पिउँदछिन् ।
यति सानो उमेरमा यतिधेरै कफी पिउँदा पनि ती बालिकालाई कुनै समस्या देखिएको छैन ।
ती बच्चीको नाम हजिदाह हो । पश्चिमी सुलावेसी प्रान्तको तोनरो लिमा गाउँकी ती बच्चीका बुवाआमा निकै गरीब छन् । जसका कारण उनीहरु दैनिक रुपमा दूध किनेर आफ्नी छोरीलाई खुवाउन सक्दैनन् । उनीहरुले सस्तो मूल्यको कफी किन्दछन् र त्यसैलाई पानीमा उमालेर छोरीलाई खुवाउँदछन् ।
यति सानो उमेरकी शिशुलाई ठूलो मात्रामा कफी पिलाउने गरेको खबर मिडियामा आएपछि स्वास्थ्य संस्थाका मानिसहरु उक्त गाउँमा गएर ती बच्चीका मातापितासँग भेटघाट गरे ।
उनीहरुले दूध र बिस्कुट लगेर दिए र बच्चीलाई कफी पिलाउनु फाइदानक नहुने भन्दै आइन्दा कफी नपिउन सल्लाह दिएपनि उनीहरुसँग बच्चीलाई दूध किन्ने पैसा छैन । त्यसैले सस्तो कफी किनेर छोरीलाई पिलाउन बाध्य छन् ।
कफी पिउँदा पिउँदा ती बच्चीमा कफीको लत बसिसकेको छ । कफी नपिएसम्म छोरीलाई निद्रै नआउने अनिता बताउँछिन् ।
(एजेन्सी)
Comments