Sajhamanch Archive

चाडपर्वको मौका छोपेर मुल्य नबढाउन नगरप्रमुखको आग्रह

Published: in राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर कुनै पनि उपभोग्य वस्तुको मुल्य वृद्घि नगर्न तथा बजारमा कृत्रिम अभाव नदेखाउन नगरका उद्योगी व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

अन्य दिनको तुलनामा चाडपर्वका बखत खाद्य वस्तुसहित लत्ता कपडा, माछा मासुको माग बढ्ने भएको हुँदा माग बढेसँगै मुल्य बढ्ने भएकाले त्यसो नगर्न उनको भनाई छ । मंगलबार नगपालिका सभाकक्षमा नगरका विभिन्न उद्योगी व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको भेलामा उनले सर्वसुलभ मुल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिए ।

नगरपालिकाक्षेत्र भित्रका बजार व्यवस्थापन, माछा मासुजन्य वस्तुको विक्रीवितरण व्यवस्थापन एवम् उपभोग व्यवस्थापन सम्बन्धि अन्तरक्रियामा नगरप्रमुख आचार्यले यदि कुनै व्यपारीले आफु खुशी उपभोग्य वस्तुको मुल्य बृद्घि गरे वा बजारमा कृत्रिम अभाव देखाए कानुन बमोजिम कारवाही हुने हुँदा त्यसतर्फ सचेत हुन पनि आग्रह गरे । अब स्थानीय सरकार कानुन कार्यान्वयतर्फ सक्रिय रहेकाले कसैले कानुन उल्लंघन गरे सजायको भागीदार हुने उनको भनाई थियो । कालोवजारी सिर्जना गरेर कुनै उद्योगी व्यवसायीले अतिरिक्त लाभ लिन खोजे त्यसको परिणाम नकरात्मक आउने बताइएको छ । उनले भारतबाट मासु तथा मासुजन्य वस्तुको आयातमा नेपाल सरकारले रोक लगाएका कारण त्यसको आयात शुन्यमा झार्न स्थानीय प्रहरी ,प्रशासन, व्यवसायी सवै एक भएर लाग्नुपर्नेमा जोड दिए ।

अब हरेक कुरामा परनिर्भर हुनुभन्दा स्वदेशी उत्पादनमा जोड दिदैं नेपाली वस्तुमा नै आत्मनिर्भर हुन समेत नगरवासीलाई प्रमुख अचार्यले आग्रह गरे । हरेक नागरिक स्वदेशी उत्पादनमा लाग्नुपर्ने भन्दैं त्यस व्यवसायी र कृषकलाई स्थानीय सरकारको हैसियतले पहिलो प्राथमिकतामा जस्तोसुकै सुविधा उपलब्ध गराउने नगरप्रमुख आचार्यले प्रतिवद्घता गर । । उहाँले कृषक तथा व्यवसायीहरुलाई आफ्नो व्यवसायप्रति कुनै समस्या भए समाधानका लागि नगरपालिका सकरात्मक रहेको बताए । चाडपर्व सकिए लगत्तै नगरपालिकाक्षेत्रमा जताभावीरुपमा माछा मासुको विक्री वितरण रोक्ने बताउँदै नगरप्रमुख आचार्यले आफ्ना पसलहरु व्यवस्थित, सफासुग्घर, जाली लगाएको हुनुपर्ने बधशाला समेत व्यवस्थित हुनुपर्नेमा जोड दिए ।

बजार अनुगमन अनुगमका क्रममा धेरै व्यवसायीहरुले आफ्ना प्रमाण पत्र चुस्त दुस्त नराखेको फेला पारेपछि पहिलो पटक स्थानीय सरकारको हैसियतले उनीहरुलाई सम्झाई बुझाई सवै प्रमाण पत्र अद्यवाधिक गर्न निर्देशन दिएको उनको प्रष्टोक्ति छ ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले हरेक उद्योगी व्यवसायीहरुले आफ्ना फर्महरु सम्बन्धित कार्यालयमा दर्ता गर्नु पहिलो प्राथमिकता रहेको बताउनुभयो । यदि आफ्ना व्यवसायकि संघ संस्थामा व्यवसाय दर्ता गरे साहे गाहे परेका बखत तथा आफ्नो हक, हित र व्यवसायिक सुरक्षामा सहयोग पुग्ने उहाँको भनाई थियो । कसैले पनि मानव शरीरमा असर पुग्ने कुनै पनि वस्तु विक्री वितरण गर्न नहुने उहाँको भनाई थियो । कसैले कानुन उल्लंघन गरे कारवाही भोग्नुपर्ने अध्यक्ष तिम्सिनाको भनाई छ । संघका सचिव रविचन्द्र नेपालले अब प्रत्ये कवडाले आफ्ना वडामा रहेका उद्योगी व्यवसायीहरुको लगत राख्नुपर्ने बताए ।

कार्यक्रमको सञ्चालन नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *