Sajhamanch Archive

मेडिकल कलेजहरुको नाफा डेढ अर्ब

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । आर्थिक वर्ष २०७४र०७५ मा मात्रै मुलुकका १४ निजी मेडिकल कलेजको नाफा डेढ अर्ब रुपैयाँभन्दा बढी छ ।

यो तथ्यलाई संसदीय समितिको छानबिनका क्रममा उनीहरु आफैंले स्वीकारेका पनि छन् । तर, विद्यालयबाट उठाएको अतिरिक्त रकम फिर्ता गर्न चौतर्फी दबाब परेपछि मेडिकल कलेजसञ्चालकहरुले विद्यार्थी भर्ना नै रोक्ने चेतावनी दिएका छन् ।

सरकारले रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय गरेसँगै उनीहरुले आगामी शैक्षिक सत्रमा कलेज बन्द गर्ने धम्की दिएका हुन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वाथ्य समितिअन्तर्गत गठित उपसमितिले प्रतिवेदनमा मेडिकल कलेजहरुले २ देखि ६६ प्रतिशतसम्म नाफा कमाएको उल्लेख छ । कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *