श्रीमतीले मेसीभन्दा रोनाल्डो राम्रो भनेपछि डिभोर्स
Published: (Updated: )
by .रसियामा जारी विश्वकपमा अर्जेन्टिना र पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेका छन् तर यी दुवै टिमका समर्थकबीच अझै बहस जारी छ– मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये कुन राम्रोरु यही विषयमा विवाद हुँदा विश्वकप आयोजक देश रुसमा एक जोडीको डिभोर्स नै भएको छ।
घटना २६ जुनको हो, जब अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराएको थियो। यो जितपछि आर्सेन नाम गरेका एक व्यक्ति जीतको खुशीमा उफ्रिरहेका थिए। मेसीको उत्कृष्ट प्रदर्शन भन्दै उनले नाराबाजी गरे।
तर उनकी श्रीमती ल्युडमिलाले मेसीभन्दा रोनाल्डो राम्रो भएको बताइन्। आर्सेन रिसले आगो भए। रिसको झोकमा आर्सेनले घर नै छोडिदिए। त्यतिले मात्र पुगेन। अर्को दिन बिहानै ल्युडमिलालाई डिभोर्सको कागज पठाए। यसरी मेसी र रोनाल्डो को राम्रो भन्ने विवादका कारण आर्सेन र ल्युडमिलाको १६ वर्ष लामो सम्बन्ध टुंगियो।
एजेन्सी
Comments