Sajhamanch Archive

फरार जनप्रतिनिधि पक्राउ गर्न माग गर्दै जिल्ला अदालत मोरङ अगाडि प्रर्दशन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

मोरङ। हत्या आरोपमा फरार भएका तीन जना वडाध्यक्षसहित ९ जना अभियुक्त पक्राउ गर्न माग गर्दै पीडितहरूले जिल्ला अदालत मोरङ अगाडि प्रर्दशन गरेका छन् ।

विवाहको विषयमा भएको कुटपिटमा घाइते बनाएका व्यक्तिको मृत्यु भएपछि फारार भएका विराटनगर महानगरपालिकाका २ जना र जहदा गाउँपालिकाका १ जना वडाअध्यक्षसहित ९ जना फरार अभियुक्तहरू पक्राउ गर्न माग गर्दै पीडित पक्षले जिल्ला अदालत मोरङ अगाडि प्रर्दशन गरेका हुन् ।

आफैँ हाजिर भएका हत्या आरोपी दीपेश यादवसहित समानन्द यादवको कर्तव्य ज्यान मुद्दा मोरङ प्रहरीले मुद्दा अदालतमा बुझाउने दिन आज बिहीबार आफन्तले जिल्ला अदालत मोरङ अगाडि प्रर्दशन गरेका हुन् । तीन जना वडाध्यक्षसहित ९ जना फरार आरोपीलाई पक्राउ गर्न माग गर्दै मृतक समानन्दका आफन्तहरूले बिहीबार अदालत अगाडि कार्यालय सममेदेखि नै प्लेकार्ड बोकेर नाराबाजी गर्दै प्रर्दशन गरिरहेका छन् ।

विवाहको विषयमा ३२ जेठमा भएको छलफलका क्रममा कुटपिट हुँदा घाइते भएका विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवको उपचारका क्रममा २७ असार बिहान विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको थियो । यादवको मृत्युपछि विराटनगर महानगरपालिका १४ नम्बर वडा अध्यक्ष बलदेव यादव, १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिका–१ नम्बर वडाध्यक्ष प्रदीपचन्द यादवसहित ९ जना आरोपीहरूविरुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान अपराधमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि फरार रहेका उनीहरू अझै फेला परेका छैनन् ।

अझै फरार रहनेहरूमा अध्यक्ष बलदेवका छोरा रवीन, भतिज दीपेश, विराटनगर–१८ का भोला यादव, विन्धेश्वर यादव, विरेशकुमार यादव, भोलु यादव, प्रदीप यादव, विराटनगर १४ का विजय भनिने शम्भु यादवलगायत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *