कबड्डीको धक्का
Published: (Updated: )
by .गत शुक्रबार प्रदर्शनमा आएको रामबाबु गुरुङको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले यो वर्षकै सर्वोत्कृष्ट व्यवसाय गर्दा शुक्रबारदेखि प्रदर्शनमा आउने अशोक शर्माको चलचित्र ‘रातो टीका निधारमा’ प्रत्यक्ष रूपमा प्रभावित भएको छ । दर्शकको रोजाइमा रहेको क्यूएफएक्सले गत शुक्रवार कबड्डीलाई सर्वाधिक ६४ वटा शो दिएको थियो । गत बुधवारसम्म पनि उक्त चलचित्रले क्यूएफएक्समा ४४ वटा शो पाइरहेको छ ।
यो अवस्थामा हिजो बिहिबार तथा आज शुक्रबारसमेत यही चलचित्रले सर्वाधिक सिनेमा हल पाइरहने निश्चित छ । यस्तो अवस्थामा निर्माता–निर्देशक अशोक शर्माको महत्वाकांक्षी चलचित्र ‘रातो टीका निधारमा’ ले क्यूएफएक्समा कति शो पाउने हो भन्ने जिज्ञासा सबैमा छ । यदि कबड्डीको अकुन्पेसी आगामी सातासम्म यस्तै रह्यो भने रातो टीका निधारमालाई गाह्रो पर्ने निश्चित छ ।
त्यसो त निर्देशक शर्मालाई अर्को शुक्रवार बलिउडको ठूलो बजेटको चलचित्र ‘वार’ को डर पनि उत्तिकै छ । यस्तै अवस्था सिर्जना हुन्छ भन्ने अनुमान गरेरै निर्माता–अभिनेता दीपकराज गिरीले दसैंपछि (असोज २४) मात्र ‘छ माया छपक्कै’ लाई प्रदर्शन गर्ने चुनौतीपूर्ण निर्णय लिएका हुन् ।
अघिल्लो वर्ष शर्माको जय भोले तथा गिरीको छक्का पञ्जा–३ बीच दसैंअघि नै चर्को प्रतिस्पर्धा भएको थियो, जसमा छक्कापञ्जाले जय भोलेलाई पछाडि छाडेको थियो । त शुक्रबार प्रदर्शनमा आएको रामबाबु गुरुङको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले यो वर्षकै सर्वोत्कृष्ट व्यवसाय गर्दा आज शुक्रबारदेखि प्रदर्शनमा आउने अशोक शर्माको चलचित्र ‘रातो टीका निधारमा’ प्रत्यक्ष रूपमा प्रभावित भएको छ । दर्शकको रोजाइमा रहेको क्यूएफएक्सले गत शुक्रवार कबड्डीलाई सर्वाधिक ६४ वटा शो दिएको थियो । गत बुधवारसम्म पनि उक्त चलचित्रले क्यूएफएक्समा ४४ वटा शो पाइरहेको छ ।
Comments