Sajhamanch Archive

शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

भरतपुर । विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम दिइएको छ । आइतबार विद्यार्थी र अभिभावकहरुले सीएमसीलाई २४ घण्टे अल्टिमेटम दिएका हुन् ।

उनीहरुले सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विज्ञप्तिमार्फत जनाएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो ।

फिर्ता गर्नुपर्ने मिति असोज १० गते तोकिए पनि अझै फिर्ता गर्न कलेजले पहल नगरेपछि विद्यार्थी र अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका हुन् ।

‘भोलि असोज १३ गते बिहान ११ बजेसम्म उक्त काम भएन भने चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक आम नागरिक सम्मिलित विरोधको कार्यक्रम शुरु गर्ने र सबै अवैध शूल फिर्ता नभएसम्म त्यसलाई जारी घोषणा गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

विद्यार्थीका तर्फबाट प्रकाश चन्द र अभिभावकका तर्फबाट निर्मला कँडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा यही असोज १० गतेभित्र विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिनेगरी सहमति भए पनि कलेजले आलटाल गरिरहेको भन्दै शुल्क फिर्ता नगरे आन्दोलन चर्काउनुको विकल्प नभएको उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *