शान्ति सुरक्षा तथा सवारी दुर्घटना न्युनिकरण सम्वन्धि अन्तरक्रिया
Published: (Updated: )
by .कमल । चाडपर्व नजिकिए सँगै हुन सक्ने चोरी निकासी तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि आईतवार सरोकारवालासँग केर्खामा छलफल तथा अन्तरकृया गरिएको छ ।
प्रहरी चौकी केर्खाको आयोजनामा कार्यक्रममा स्थानिय संघ सस्थाका प्रतिनिधी, शिक्षक, उद्योगी व्यवसायीहरु बीच अन्तरक्रिया भएको हो । कार्यक्रममा बोल्दै कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले गाउँपालिकाको प्रमुख बजार केर्खालाई सुन्दर र शान्त र दुर्घटना रहित क्षेत्र बनाउन सबै सरोकारवाला मिलेर अगाडि बढेमा सम्भव हुने बताइन् ।
चाडपर्वका समयमा बजारका साथै सडकमा समेत भिडभाड हुने भएकोले सबैले आ आफ्नो जिम्मेवारी बहनगरे मात्र चाडपर्वलाई रमाइलो गरी मनाउन सकिने समेत अध्यक्ष काफ्लेले बताईन् ।
चाडपर्व नजिकिएसंगै बाहिरबाट दशैं मनाउन घर आउँनेको भिड निकै बढेको हुन्छ । जसले गर्दा दुर्घटना बढ्ने सम्भावना निकै छ । राती अबेरसम्म होटल सञ्चालन गर्ने, मादक पदार्थ सेवनगरी होहल्ला गर्ने जस्ता कार्यले पनि बजारलाई असर पुर्याउने भएकोले सवै मिलेर यस्ता कार्य गर्नेलाई निरुत्साहि गर्न ुपर्ने प्याप्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागोले बताए ।
चाडपर्वका समयमा सवारी साधनको चाप धेरैहुने पैदल यात्रीको चाप पनि उत्तिकै हुने जसले गर्दा दुर्घटना हुने सम्भावना हने भएकाले र यस्तो समयमा ट्राफिक प्रहरीले मात्र दुर्घटना रोक्न सक्दैन् पैदलयात्रीका साथै सवारी चालकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ हामी सबै एकजुट भएर लागे मात्र दुर्घटना न्युनिकरण गर्न सकिने ट्राफिक प्रहरी पोष्टका केर्खाका प्रहरी सहायक निरीक्षण्क लक्ष्मिप्रसाद ओझाले बताए ।
कार्यक्रममा राती ९ बजेपछि होटल बन्द गर्ने, सार्वजनिक स्थानमा तासजुवा खेल्न प्रतिवन्ध लगाउने, सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी हल्ला गर्ने, लागु औषध प्रयोग गर्नेहरु काहि ँकतै फेलापरेमा प्रहरीलाई खबर गर्ने लगायतका निर्णय भएको प्रहरी चौकी केर्खाका असई अशोक दर्नालले बताए ।
Comments