Sajhamanch Archive

लताको आवाजको मजाक उडाइन्थ्यो तर यो गीतले उनलाई दियो पहिचान

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, विश्व समाचार by .

मधुर स्वरकी धनि तथा आवाजकी रानी लता मंगेसकर ९१ वर्षकी भइन् । उनले सांगितिक यात्राको ७० वर्षमा हजारौँ गीत पर्दा पछाडि रहेर गीत गाइन् ।

उनको जादुमही स्वरले करोडौँ स्रोताको मनमा बस्न सफल लताले १९७७ मा गुलजारले लेखेका गीतमा स्वर भरेकी थिइन् जुन उनको लागि मायाले भरिएको पत्र बराबरको थियो ।

भारत रत्न पुरस्कारबाट पुरस्कृत लताको संगीत यात्रा दुर्लभ रहेको छ । सन् १९२९ महान थिएटर आर्टिस्ट पण्डित दीनानाथ मंगेसकरको घरमा जन्मिएकी लताको रगतमै थियो, संगीत, नाच र अभिनय । तर बालापनमा गरिबीको सामान गर्नुपरेपछि उनी धेरै अगाडि बढ्न सकेकी थिइनन् ।

रुढीवादी सोचका पिताले उनलाई छोटा कपडा लगाउन, मेकअप गर्न र राति घर बाहिर हिँड्न दिँदैनथे । उनको डे«सअप र मेकअपका कारण फिल्मी गीतमा धेरै प्रशंसा पाउन नसकेको अनुभव सुनाएकी थिइन् ।

सन् १०४२ मा उनको पिताको निधन भयो । पिताको निधनपछि भाइबहिनीसँग उनले पनि निकै कष्टकर जिवन बिताइन् । १३ वर्षकै उमेरमा उनले थुप्रै समस्या झेलिन् । बालापनको स्वतन्त्रता उनले अनुभव गर्न पाइनन् । परिवारको गुजारा चलाउनको लागि उनले थुप्रै संघर्ष गर्नुपरेको थियो । त्यस समय बलिउडमा आफ्नो गीत आफै गाएर अभिनय गर्ने प्रचलन थियो त्यही क्षेत्रमा उनले आफ्नो करियरको सुरुवात गरिन् ।

उनले जीवनका केहि तिता अनुभव सुनाउँदै आफ्नो आवाजको मजाक उडाएको पनि सम्झिइन् । यसैबीच मास्टर गुलाम ह्यादरे उनको आवाजको पहिचान गरेर ‘आएगा आने वाला’ बोलको गीत गाउने मौका दिए । मधुवाला र अशोक कुमारले ‘मिस्ट्रि गर्ल’ मा गरेको उक्त गीत सुपर हिट भयो जसको कारण लतालाई केही राहत मिल्यो ।

केहि दशक पहिलो धेरै पातलो आवाजको भएको भन्दै अस्वीकृत लताको स्वरले अहिले सबैको मनमा जादू चलाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *