Sajhamanch Archive

सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुग्यो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । चार दिनदेखि जारी सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले उक्त आंकडा दोब्बर हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आन्दोलनकारीले सुरक्षाकर्मीमाथि जथाभावी आक्रमण बढेको अधिकारीहरुले दावी गरेका छन् ।

प्रधानमन्त्री आदेल अब्देल महदीले वार्ताबाटै समस्याको समाधान गर्न चाहेको बताएपनि आन्दोलन जारी छ ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्दम गरिबी बढेको भन्दै केही दिनदेखि सरकार बिरोधी प्रदर्शनहरु बढ्न थालेका हुन् ।

आन्दोलनकारीले सार्वजनिक सेवाको विरोधसमेत गरेका छन् ।

आन्दोलनका सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेर मानवअधिकार हनन गरेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ संस्थाहरुले आरोप लगाएका छन् ।

प्रहरीले रबरका गोली प्रहार गर्दा कयौं आन्दोलनकारी घाइते भएको बताइएको छ ।

उनीहरुले शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रसमेत गरेका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *