Sajhamanch Archive

झापामा करेन्ट लाग्दा एकजनाको मृत्यु

Published: in प्रदेश तह, समाज by .

विर्तामोड । झापाको कमल गाउँपालिका ३ केर्खा चौकमा करेन्ट लाग्दा श्रीमानको मृत्यु भएको छ । श्रीमती घाईते भएकी छिन् ।
शुक्रबार साँझ ८ बजे घरमा पानी लगाउने क्रममा करेन्ट लाग्दा ६१ बर्षिय बिष्णु प्रसाद चौलागाईको मृत्यू भएको हो ।
करेन्ट लागेर घाईते भएका दुबैजनालाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा श्नीमानको बाटैमा मृत्यु भएको थियो । श्रीमतीको बिराटनगर स्थित नोबेल अस्पताल बिराटनगरमा उपचार भैरहेको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *