Sajhamanch Archive

कसूर पुष्टि भए महरालाई ३ वर्षसम्म कैद

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको कसुर पुष्टी भए ३ वर्ष कैद हुने भएको छ।

पीडित रोशनी शाहीले शनिबार किटानी जाहेरी दिएपछि प्रहरी आरोपमाथि अनुसन्धानमा जुटेको छ। प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन २०७४ र फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ अनुसार अनुसन्धान अगाडि बढाएको छ।

यौन दुर्व्यवहारको कसुर पुष्टि भए मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २२४ अनुसार ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ। उक्त दफामा कसैलाई यौन दुर्व्यवहार गर्न नहुने भनिएको छ। महरा सभामुख भएकै अवस्थामा यौन दुर्व्यवहार भएकोले कसुर पुष्टि हुँदा उनीविरुद्ध थप सजाय हुनसक्छ। शनिबार पीडित रोशनीले बलात्कार प्रयासको कसूरमा महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन्। शनिबार बिदा परेकोले आइतबार जाहेरीमाथि थप अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *