Sajhamanch Archive

सेल्फी खिच्‍दा चिप्लेर चार जनाको मृत्यु

Published: in विश्व समाचार by .

काठमाडौं । भारतमा सेल्फि खिच्ने क्रमम चिप्लिएर एकै घरमा चार जनाको मृत्यु भएको छ। तमिलनाडुस्थित बाँधमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नवदुलहीसहित चार जनाको मृत्यु भएको हो।

त्यसरी मृत्यु हुनेमा नवदुलही २० वर्षीया भी निभेदा सहित परिवारका सदस्यहरु २२ वर्षिया स्नेहा,२० वर्षिया कन्निगा र १४ वर्षिय सन्तोष रहेको तामिलनाडु प्रहरीले जनाएको छ । ६ जनाको समूहले एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एक जना अलि गहिरो स्थानमा पुगेका थिए । गहिरो स्थानमा पुगेका व्यक्ति चिप्लिए र उनले अन्यलाई पनि तानेको बताइएको छ ।

मृतक नवविवाहीत महिलाका पतिले आफ्नी बहिनीलाई बचाउन भ्याए पनि अन्य बाँकी सबै डुबेका बीबीसीले जनाएको छ । द हिन्दू पत्रिकाका अनुसार कृष्णागिरीको बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए । तीन जना पानीभित्र पसेका थिए र साथमा तीन किशो–किशोरी पनि थिए । सन् २०११ र सन् २०१७ मा विश्वभर भएका सेल्फी मृत्युको सङ्ख्या २५९ थियो जसमध्ये आधा भारतमा भएको थियो । भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *