केरुङ–काठमाडौं रेल वे सम्झौता हुने
Published: (Updated: )
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपतिको दुईदिने नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल वे सम्बन्धी सम्झौता हुने बताउनुभएको छ ।
सम्झौताका लागि अहिले दुवै देशका उच्चस्तरीय अधिकारीबीच संवाद निरन्तर भइरहेको जानकारी दिँदै चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमण ऐतिहासिक र राजकीय भ्रमण भएकाले विशेष महत्वको हुने बताउनुभयो ।
यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्वीकारेर चिनियाँ राष्ट्रपतिले आगामी शनिबार गर्ने भ्रमणले दुई देशका साथै जनताबीच बलियो सम्बन्ध बनाउने बताउँदै उहाँले कूटनीति र आर्थिक क्षेत्रमा नेपालको परराष्ट्र नीति सुदृढ रहेको र सोहीअनुसार सफलता कायम हुँदै गइरहेको बताउनुभयो ।
चिनियाँ राष्ट्रपतिले शनिबार राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको जनाइएको छ।
Comments