Sajhamanch Archive

नियमावलीको टुंगो लगाउने जिम्मा केन्द्रीय सचिवालय लाई

Published: (Updated: ) in राजनीति by .

काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई अन्तिम रूप दिने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिने निर्णय गरेको हो।

पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलले पेस गरेको मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरुले सुझाव दिएका थिए।

बैठकले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पुनः स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ।

बैठकमा बोल्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले सरकारले चीन र भारत दुवै छिमेकी मुलुकसँग घनिष्ट सम्बन्ध कायम गर्न सफल भएको बताएका थिए।

आफ्नो चीन र भारत दुवै मुलुकको भ्रमण सफल भएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले बताएको पनि प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा नेताहरूले पार्टी जनवर्गीय संगठनहरूको एकीकरण अभियानलाई सम्पन्न गर्न ढिलाई गर्न नहुनेमा पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *