Sajhamanch Archive

थाहा नगरपालिकामा श्रृंखलाबद्ध आगजनी : वडा कार्यालय, टिप्पर र एक्स्काभेटर जलाइयो

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नंं.५ को वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ ।

आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार मध्यरातमा आगजनी गरिएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए । उनले भने ‘ढोका फुटाएर पेट्रोल र मट्टितेल छर्केर आगो लगाइएको छ । विद्युत् मिटर बक्स फुटेको आवाजपछि गाउँलेले थाहा पाएछन् ।’

स्थानीयले आगो निभाएर जनप्रतिनिधिलाई खबर गरेको वडा सदस्य चमेली वाइबाले जानकारी दिए । ‘कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ, केही बाँकी छैन,’ वाइबाले भने ।

वडा कार्यालयका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगजनीको कुनै समूह तथा व्यक्तिले जिम्मा लिएको छैन ।

थाहा उद्योग वाणिज्य संघको भवननजिक पार्किङ गरेर राखिएको बा ३ क १२१५ नम्बरको टिप्पर र ना १ क ३२४२ नम्बरको एक्स्काभेटर आगजनी गरेर क्षतिग्रस्त बनाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । अटोमा चढेर आएका व्यक्तिहरुले आगजनी गरेर भागेको स्थानीयले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *