Sajhamanch Archive

जहाज ‘डिले’ भएपछि सांसदले गरे एयरपोर्टमै तोडफोड

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

जनकपुर। राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् ।

राजपाका सांसद सांसद प्रमोद कुमार साहले विमान डिले (ढिलो) भएको भन्दै बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका हुन् । सांसद साह सर्लाहीको निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्

११ः४० मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको र व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै झोंकमा काउण्टरमा हातपात गरेका थिए ।

सांसद साहले काउण्टरमा धक्काधक्की गरेको स्वीकार गरेका छन् । जहाजमा किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने छ, तर जहाज आउने, नआउने कुनै सूचना छैन ! व्यवस्थापन पक्षलाई भन्दा कुनै वास्ता गर्दैन, बाध्य भएर काउण्टरमा बुझ्न जाँदा अटेरी गर्दा रिसको झोंकले काउण्टरमा सामान्य तोडफोड भयो उनले भने।

खबर डबलीबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *