नेपालले पुनः पायो आइसीसीको सदस्यता
Published: (Updated: )
by .काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुनः अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ आईसीसीको सदस्यता पाएको छ। सोमवार दुबईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्डको बैठकले नेपाललाई लगाएको निलम्बन फुकुवा गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ आईसीसीले नेपाल क्रिकेट सङ्घमा सरकारी हस्तक्षेप र आर्थिक अनियमितता भएको भन्दै सन् २०१६मा निलम्बन गरेको थियो।
आईसीसीले नेपाल र जिम्बाब्वेलाई फेरि आफ्नो सदस्यता दिएको हो।
गत महिना आईसीसीले बनाएको स्वतन्त्र समितिले राष्ट्रिय खेलकुद परिषद्को रोहबरमा क्यानको निर्वाचन गरेको थियो। क्यनको केही हप्ताअघि भएको निर्वाचनमा चतुरबहादुर चन्द नयाँ अध्यक्ष चुनिएका थिए। उक्त निर्वाचन पर्यवेक्षण गर्न आईसीसीका प्रतिनिधि काठमाण्डौं आएका थिए।
ती निर्वाचन गर्नका निम्ति गठित पाँचसदस्यीय स्वतन्त्र समितिमा आईसीसीको तर्फबाट तीन सदस्य राखिएका थिए भने बाँकी दुई जना राखेप र क्यानका तर्फबाट थिए।
Comments